भेरी अञ्चल
स्वरूप
भेरी अञ्चल | |
---|---|
देश | नेपाल |
सदरमुकाम | नेपालगन्ज |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
भेरी अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो। बाँके, बर्दिया, दैलेख, जाजरकोट र सुर्खेत गरी पाँच जिल्लाहरू मिलेर बनेको थियो। भेरी नदीको नामबाट यसको नामकरण गरिएको थियो। यसको सदरमुकाम नेपालगन्ज हो। यो नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पर्दछ।
प्रशासनिक उपविभाजन
[सम्पादन गर्नुहोस्]भेरी अञ्चल पाँच जिल्लाहरूमा विभाजित थियो। यसका बाँके र बर्दिया जिल्ला लुम्बिनी प्रदेशका साथै दैलेख, जाजरकोट र सुर्खेत कर्णाली प्रदेशमा पर्दछ।
जिल्ला | प्रकार | सदरमुकाम | हालको भाग |
---|---|---|---|
बाँके | तराई | नेपालगन्ज | लुम्बिनी प्रदेश |
बर्दिया | तराई | गुलरिया | |
दैलेख | पहाड | नारायण | कर्णाली प्रदेश |
जाजरकोट | पहाड | खलङ्गा | |
सुर्खेत | भित्री मधेश | वीरेन्द्रनगर |
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- नेपालका विकास क्षेत्रहरू (साविकको)
- नेपालका अञ्चलहरू (साविकको)
- नेपालका जिल्लाहरू